Fri. Apr 26th, 2024

१२ बर्ष पछि निर्देशन कार्यमा फर्किएका एक सफल निर्देशक शम्भु प्रधानद्धारा निर्देशित चलचित्र ‘रंग बैजनी’ अब मंसिर २६ गते देशभर प्रदर्शनमा आउने भएको छ । छायंकन कार्य सगै डबिग कार्यपनि सकिसकेको चलचित्र ‘रंग बैजनी’मा नायिका गरिमा पन्त र सुमिना घिमिरे नायिका रहेका छन् भने नायकका रुपमा दिक्पाल कार्की देखिने भएका छन् । चलचित्रलाई नुतन प्रधानले निर्माण गरेकी हुन् । नुतन शम्भु प्रधानका श्रिमती समेत हुन् । चलचित्रलाई सशांक प्रधानले खिचेका हुन्।
rang baijani
नारि प्रधान कथामा आधारित भएर निर्माण भएको चलचित्र ‘रंग बैजनी’को एउटा गीत तिजमा सार्वजानिक हुने बताइएको छ । ‘स्वर्ग’, ‘आर्शीवाद’, ‘बेहुली’ ‘सम्झना’, ‘सम्पति’, ‘१६ वर्षे जोवन’ जस्ता चर्चित चलचित्रहरु नेपाली आम दर्शक माझ पसिकसकेका शम्भुले यस चलचित्रले पनि आम दशृकहरुको मन जितने बताएका छन् ।
चलचित्र ‘रंग बैजनी’को कुनेपनि पोस्टर मिडिया माझ सार्वजानिक नभएपनि चलचित्रका नायक दिक्पालले आफनो फेसबुकमा पोस्टर राखे अनुसार चलचित्र मंसिर २६ गते प्रदर्शनमा आउने छ ।

%d bloggers like this: