Thu. Mar 28th, 2024

नेफ्टा अवार्डको सातौँ संस्करण हङकङमा कात्तिक १ गते हुने पक्का भएको छ । हङकङमा पत्रकार सम्मेलन गरि कात्तिक १ गते नेफ्टा अवार्ड हुने बताइएको छ । हङकङमा हुन लागेको अवार्डका लागी करिब २ करोड बजेट आबश्यक पर्ने अनुमान लिइएको छ ।
nefta award
नेपालको तर्फबाट निर्माता सुनिल कुमार थापाको कम्पनी एस.के.थापा प्रोडक्सन र हङकङ तर्फबाट विनय शाहको संयोजकत्वमा रहेको कम्पनी ग्रेट पर्फेक्ट लिमिटेडले चलचित्र प्राविधिक संघ संग सहकार्य गरि सो अवार्ड हङकङमा हुन लागेको हो ।
 
केहि दिन अगाडिमात्र मिति र स्थान तय गर्न निर्माता सुनील कुमार थापा, नेपाल चलचित्र प्रबिधिक संघ (नेफ्टा)का अध्यक्ष मनोज केसी हङकङ पुगेका थिए । मिति र स्थान तय भइसकेपछि हङकङमा नै पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराइएको थियो । हङकङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेफ्टाका अध्यक्ष मनोज केसीले कात्तिक १ गते हङकङमा नेफ्टा अवार्ड गरिने र कार्यक्रमका लागी स्थान समेत पक्का भइसकेको बताएका छन् ।
यस संस्करणका लागि कुल ३४ विधामा मनोनयन सार्वजनिक गरेको छ । यस भन्दा अघि नेपाल चलचित्र प्रबिधिक संघका अध्यक्ष मनोज केसीको अध्यक्षतामा मलेसियामा नेफ्टा अवार्ड सम्पन्न भएको थियो ।
चलचित्रमा कार्यरत प्राविधिकहरुको हकहितमा लागी लड्दै आएकोे नेपाल चलचित्र प्रबिधिक संघले विभिन्न देशहरुमा यस अघि पनि नेफ्टा अवार्ड सम्पन्न गरिसकेको छ ।

%d bloggers like this: