Fri. Apr 19th, 2024

नेपाली बजारमा पछिल्लो समय हर्ने हो भने चलचित्रहरु एका एक भित्रने क्रम बढ्दै गइरहेको छ । तर चलचित्रहरु भित्रिए अनुसारको चलचित्रले व्यापार भने गर्न सकेको अबस्था छैन् । एकै मितिमा धेरै चलचित्रहरु एक साथ प्रदर्शनमा आउदा कुने पनि चलचित्रहरुले सोचेको जस्तो व्यापार गर्न नसक्दा चलचित्रहरु त्यसै पुरपुरोमा हात लगाउनु भन्दा अरु कुनै पनि विकल्प छैन् । फेरी त्यस्तै एक दृश्य देख्न पाइने भएको छ ।
one way-ardhakatti
एक मितिमा निकै आशालाग्दा चलचित्रहरु चलचित्रहलहरुमा एक साथ प्रदर्शनमा आउने भएका छन् । ति हुन चलचित्र वान वे र अधकट्टी । फागुन १ गते यि दुवै चलचित्रहरु एक साथ प्रदर्शनमा आउन लागेको कुरा बाहिरिएको छ । प्रदीप कुमार उदयद्धारा निर्मित ‘अधकट्टी’ र राजकुमार राईद्धारा निर्मित ‘वान वे’ एक साथ प्रदर्शनमा आउन लागेको हो । ‘वान वे’का निर्माता राईले बताए अनुसार आफनो चलचित्र फागुन १ गते बाट माथि जान नसक्ने बताएका छन् भने चलचित्र ‘अधकट्टी पनि मिति सार्न नसक्ने बताउदै आएका छन् ।
सुव्रत आचार्यद्धारा निर्देशित फिल्म ‘अधकट्टी’मा विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, प्रदीप बाँस्तोला आदी कलाकाहरुको मुख्य भुमिका रहेको छ भने सुरज सुब्बा नाल्बोद्धारा निर्देशित फिल्म ‘वान वे’मा करिश्मा मानन्धर, रविन तामाङ, सिद्धार्थ गुरुङ लगायतको अभिनय छ ।
यसरी एकै मितिमा यि दुई चलचित्रहरु एक साथ प्रदर्शनमा आउने भएको छ ।

%d bloggers like this: