Wed. Apr 24th, 2024

निकै लामो समय देखी हुन नसकेको नेपालको निकै चर्चित सांगीतिक रियालिटी शो ‘नेपाली तारा ३’ चाडै सुरु हुने भएको छ । आज काठमाडौंमा एक पत्रकार सम्मेलन गरि ‘नेपाली तारा ३’को बारेमा जानकारी दिइएको थियो । कार्यक्रमको जर्जमा प्रकाश गुरुङ,सुरेश अधिकारी, ,गायक रामकृष्ण ढकाल रहनेछन् ।
nepali tara 3
 
भदौको पहिलो साताबाट अडिशन सुरु हुने ‘नेपाली तारा ३’ काठमाण्डौका ३ स्थानका साथै ललितपुर, भक्तपुर, पोखरा, बुटवल, धरान, नारायनगढमा अडिशन हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले एउटा मोटरसाइकलका साथै नगद २ लाख ५१ हजार पाउने छन् भने कार्यक्रमको मुख्य प्रायोजक कोका-कोलाको तर्फबाट ‘नेपाली तारा’को रुपमा ३ वटा गीत गाउन पाउनेछन् । त्यस्तै अन्तिम १० मा पुग्न सफल प्रतियोगिहरुले नगद ११ हजारका साथमा टप टेन एल्बममा गाउने अवसर पनि पाउनेछन् ।
यो रियालिटी शोको विजेताले अष्ट्रेलिया ट्रिपमा जाने मौकामा साथमा सिड्नी र मेलवर्नमा कन्सर्ट पनि गर्न पाउनेछन् । कार्यक्रमको नेपाल टेलिभिजन र एनटीभी प्लस प्रत्यक्ष प्रशारण हुनेछ । नेपाली तारा २’ पश्चात लामो समयदेखि यो शो संचालनमा आउन सकेको थिएन ।

%d bloggers like this: