Fri. Apr 19th, 2024

नेक्स्ट मोडल्स नेपालको मिस नर्सको अपार सफलतापछि अब “मोडल अफ दि ईयर २०१४” आयोजन हुने भएको छ । आज काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरि नेक्स्ट मोडल नेपाल सस्थाले यहि २०७१ साल श्रावण १७ गते शनिबार देखी अडिसन सुरु गर्ने भएको हो ।
model of the year
नेपालभरीका ५०० भन्दा बढि मोडलहरुको प्रत्यक्ष सहभागिता रहने “मोडल अफ दि ईयर ४०१४” मा १५ दिने बेसिक तालिम पछि व्यवहारिक प्रशिक्षण दिई देशको विभिन्न शहरहरुमा फेसन टुर गरिने संस्थाका अध्यक्ष रवि धमलाले बताएका छन् । उक्त कार्यक्रमको फोटोग्राफी राजभाई सुवास,कमल श्रेष्ठ,कविन्द्रमान शाक्य र क्याराम्रो डटकमले गर्ने छ । कोरियोग्राफी भने पत्रकार जयन सुब्बा मानन्धर र प्रसान्त ताम्राकारले गर्ने आयोजक समितिले बताएको छ ।
प्रतियोगिहरुलाई ३ वटा थेममा अन्तराष्ट्रिय स्तरको फोटोसुट गराइने छ । सहभागीहरु मध्य उत्कृष्ठलाई म्युजिक भिडियो,सर्ट फिल्म,अन्तराष्ट्रिय स्तरको फोटोसुट गराइने छ । सहभागी मोडलहरु मध्यका एक विजेतालाई काठमाडौंमा असोज ४ गते सम्पन्न हुने कार्यक्रममा एक लाख पुरस्कार सहित सम्मान गरिने अध्यक्ष धमलाले बताए । विभिन्न क्षेत्रका व्यवसायिक मोडलहरु मध्य उत्कृष्ठ ४० ( २० युवती–२० युवक)लाई प्रतिस्पर्धिहरुलाई तालिमको पहिलो चरणमा प्रवेश गराइने छ ।
यस प्रतियोगितामा भाग लिन पुरुष मोडलका लागी कम्तिमा ५.९ फिट उचाई,महिलाका लागी ५.४ फिट उचाई,१८ बर्ष देखी २८ बर्षको उमेर र कम्तिमा १ बर्षको मोडलिङ्ग अनुभब रहनु पर्नेछ ।

%d bloggers like this: