Fri. Apr 26th, 2024

बलिउडका दवंगस्टार सलमान खानको आउन लागेको चलचित्र ‘किक’का पटकथा लेखक चेतन भगतले भनेका छन् ‘सलमानलाई यो चलचित्रले नयाँ बाटो तर्फ लौजाने छ ।’ ‘किनकी ‘किक’मा सलमानले गरेको अभिनय निकै सशक्त रहेको र सो अभिनय सलमानलाई निकै मिलेको बताएका छन् ।’
salman khan
चलचित्र किकमा सलमान खानको साथ जैकलिन फर्नांडिस देखापर्ने छिन् । फिल्म ‘किक’ लाई साजिद नाडियालवालाले निर्देशन गरेका हुन । पुर्णतया एक्सन र रोमान्टिक लभस्टोरीको फिल्म किक मा सलमानका अतिरिक्त जैकलिन फर्नान्डेज, रणदीप हुड्डा, जवाजुद्दीन सिद्धी लगायतको अभिनय रहेको छ ।  फिल्म ‘किक ईद को अबसरमा २५ जुलाई बाट प्रदर्शनमा आउदैछ ।
यस अघि चलचित्र “किक” को गीत,फस्टलुक ट्रेलर तथा पोस्टर रिलिज गरिएको छ । जसलाई दर्शकले खुब मनपराएका छन् ।

%d bloggers like this: