Thu. Mar 28th, 2024

      अष्ट्रेलिया –अष्ट्रेलियाको सिड्नीमा मिस्टर एण्ड मिस नेपाल अष्ट्रेलिया हिजो सम्पन्न भएको छ । सो प्रतियोगिताबाट मेलबर्नका अनुपमध्वज किरण र सिड्नीकी आरजु कार्की क्रमशः मिस्टर एण्ड मिस नेपाल अष्ट्रेलिया हुन सफल भएका छन ।
शनिबार सिड्नीको हष्र्टभिलमा सम्पन्न भएको उक्त प्रतियोगितामा २२ जना प्रतिष्पर्धीहरुलाई पछाडि पार्दै उनीहरुले उपाधि जितेका हुन् । त्यसैगरी फस्ट रनर अप क्रमश बबिन लिम्बु र जुनिता लामा, सेकेण्ड रनर अप अशिष श्रेष्ठ र सुदीप्ती श्रेष्ठ बनेका छन् । विभिन्न चरणमा सम्पन्न उक्त प्रतियोगितामा अष्टे्रेलियाभरी रहेका युवायुवतीहरुले सहभागिता जनाएको आयोजक युनाइटेड आर्ट एण्ड इन्टरटेन्मेन्टका प्रमुख समिम अनवरले जानकारी दिए ।
प्रतियोगितामा मुख्य प्रतिष्पर्धा बाहेक अन्य विभिन्न प्रतिष्पर्धामा समेत सहभागीहरुलाई विजयी घोषित गरिएको छ । जसअनुसार मिस्टर एण्ड मिस साईवरमा अशिष श्रेष्ठ र प्रियंका भट्टराई, वेष्ट कस्ट्युममा अनिश जोशी र जुनिता लामा, मिस्टर एण्ड मिस टेलेण्टमा अभिशेक अधिकारी र रमिला खडका, मिस्टर एण्ड मिस युएनएईमा नरेन मिश्र र रजनी पन्तले उपाधि जितेका थिए ।
प्रतियोगीतामा विजेताहरुले १ हजार डलर नगद, ट्रफी र अन्य पुरस्कारहरु जितेका थिए भने फस्ट रनर अपले पनि ५ सय नगद, ट्रफी र अन्य पुरस्कारहरु हात पारेक थिए । प्रतियोगितामा विजयीहरुलाई एनआरएनका अध्यक्ष शेष घलेले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।
कार्यक्रममा विभिन्न नेपाली नृत्यहरु समेत देखाइएको थियो भने नेपाली फेसन डिजाईनर समा वानुको कोरियोग्राफीमा नेपाली ढाकाबाट बनेका कपडा सहितको फेसन शो समेत देखाइएको थियो ।
प्रतियोगितामा डा। अशोक श्रेष्ठ, टुनु घोताने, रिना कुक, निक नेवोर र ज्याक्लिन डाओले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

%d bloggers like this: