Thu. Apr 25th, 2024

काठमाडौं । नेपाली महिलाहरुको महानचार्ड हरितालिका तीजका लागी करिब एक महिना अगाडी देखी नै तीजका गीतहरु सञ्चार माध्यममा बज्न थाल्छन् । कति गीतहरु आमस्रोता दर्शकको मन जित्न सफल हुन्छ त कति गीतहरु त्यसै ओझेलमा समेत पर्ने गरेका छन् ।
teej award nepal
अब आउन लागेको तीजका लागी करिब १०० भन्दा बढि तीजका म्युजिक भिडियो र गीतहरु तयार समेत भइसकेका छन् । तर यतिका धेरै गीत,म्युजिक भिडियोहरु बजारमा ल्याएपनि ति स्रष्टाहरुलाई भने कुनै पनि प्रोत्साहान मिल्न भने सकेको छैन् ।
 
त्यसै स्रष्टाहरुलाई प्रोत्साहान गर्ने हेतुले बजाज इन्टरटेनमेन्टले राजधानीमा ‘तीज म्युजिक अवार्ड २०७१’ आयोजना गर्ने भएको छ । सांस्कृतिक पर्व तीजका अवसरमा ती गीत संगीतलाई प्रोत्साहन गर्ने हेतुले ‘तीज म्युजिक अवार्ड २०७१’ आयोजना गरिन लागेको हो । भाद्र ९ गते एक कार्यक्रमबा विच सो अर्वाड वितरण गरिने छ । अवार्डमा सहभागी हुनको निमित्त तीजका गीतका श्रष्टाहरुले उत्कृष्ट गीत, गायीका, गायक, भाका, शब्द, एरेञ्जर, भिडियो निर्देशक, मोडल (महिला-पुरुष), छाँयाकार, सम्पादकहरुलाई अवार्डबाट सममान गरिने छ । ११ विधासहित पब्लिक च्वाईस अवार्डसमेत सो अवार्ड कार्यक्रममा समावेश हुने आयोजक समितिले बताएको छ ।

%d bloggers like this: