Sat. Apr 27th, 2024

सामाजिक भेदभावमा आधारित रहेर समाजको रुपान्तरणका लागि निर्माण गरिएको चलचित्र ‘सुनपानी’को आज पोखरको विन्धबासीनी सिनेमा हलमा च्यारिटि शो सम्पन्न भएको छ । चेतबहादुर सिंह राजाले निर्माण गरेको चलचित्र सुनपानीलाई निर्देशक सविन बास्तोलाले गरेका छन् ।
sunpani nepali movie
गुन्जन एण्ड कुसुम फिल्मसको ब्यानरमा निर्माण गरिएको सुनपानीमा नवीन तिमिल्सिना,सविन बास्तोला, तारा केसी, अग्रज केसी, आशा भुसाल, निशा शाह, बुद्धिसागर खनाल, दिलिप तामाङ,चेतबहादुर सिंह, स्वस्तिका लामिछाने लगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्रलाई गणेश कुमार श्रेष्ठको छायांकन, विपिन मल्लका संपादन र चलचित्रलाई सह बुद्धि सागर खनाल र प्रकाश तिवारीले सयुक्त रुपमा लगानी गरेका छन् ।
चलचित्र सुनपानी दशैंलाई मुख्य केन्द्रविन्दु बनाएर देशभर प्रदर्शनमा आउने बताइएको छ । चलचित्र एकपटक आम दर्शकले हर्नै पर्ने चलचित्र भएको कलाकार नविन तिमिल्सिनाले मनोरञ्जन संसारडटकम सगँ बताएका छन् ।

%d bloggers like this: