Fri. Apr 26th, 2024

एजेन्सी ।हामी पकृतीमा भएजस्तै अरु चिज बनाएर अनौटो काम गर्ने पर्यत्न गर्छौ,तर कहिलेकाही मान्छेले बनाएको चिज उल्टो पकृतीले चोरेजस्तो पनि हुदोंरैछ । तर वास्तविकतामा भने मान्छे भन्दा पुरानो पकृती नै भएका कारण मान्छेले बनाएको चिज पकृतीसंग पछि गएर जुध्नु त्यो एउटा सयोंग मात्र हो ।थाइल्याण्डको चैयाफुम प्रान्तमा ‘पा हिन नाम’ अर्थात ‘सुन्दर ढुंगै मैदान’ नामको एउटा राष्ट्रिय निकुञ्ज छ । त्यो राष्ट्रिय निकुञ्जको जंगलका एउटा उदेकलाग्दो ढुङ्गा देख्न पाइन्छ । जुन ढुंगा वर्षै लगाएर कलाकारले कुँदेको भन्दा कम छैन ।WORLD-CUP-TRF1
कलाकारले कुँदे जस्तो देखिने आकर्षक ढुंगाकै कारण यो निकुञ्ज लोकप्रिय छ भने धेरै पर्यटकहरुको आकर्षणको गन्तव्य पनि हुनेगरेको छ । भर्खरै सकिएको विश्वकपको ट्रफी विश्वकप विजेता जर्मनीले उचालेको छ । यसको चर्चा जतातै भइरहेको छ यसै सन्दर्भमा सो निकुञ्ज पनि जोडिन पुगेको छ ।TRAFFI-WORLD-CUP2
तर, यतिवेला थाइल्याण्डको सो राष्ट्रिय निकुञ्जमा ठ्याक्कै विश्वकपको ट्रफी जस्तो देखिने विशाल ढुंगाको चर्चा पनि विश्वकपको ट्रफीको भन्दा कम छैन । सो निकुञ्जको ढुंगा यतिखेर सर्वत्र चर्चा र चाँसोको विषय बनेको छ ।3
निकुञ्जमा रहेको ढुंगे ट्रफी हालसालै मात्र भेटिएको भने होइन तर विश्वकपको सन्र्दभमा मिल्दो जुल्दो कलात्मक आकृतिको कारण विश्वकपको ट्रफीसँग ढुंगे ट्रफीको पनि चर्चा चलेको हो ।

%d bloggers like this: