Sat. Oct 26th, 2024

     काठमाडौं । चर्चामा आउने अनेक तरिका हुन्छन राम्रो काम गरेर या नराम्रो काम गरेर तर यो भन्दा नि सजिलो उपाय हो बोलेर ।उसो त नेपाली गायिका तथा नाइकाहरु विभिन्न अभिव्यक्तिका कारण चर्चामा आउने गर्छन । नायिका सुस्मा कार्की ब्वाइफ्रेण्डसंगको झगडाका कारण चर्चामा रहेका बेला गायिका जोशीले पनि केटाहरुप्रति निकै कडा अभिव्यक्ति दिएकी छिन् ।indira joshi1
हालै एक टेलिभिजनलाई दिएको अन्र्तवार्ताका क्रममा उनले ठट्यौली पारामा केटाको भनाई र कमाई खान नपरोस् भन्ने कडा अभिव्यक्ति दिएकी हुन् । ‘उध्रेको चोली’ लगायतका चर्चित गीतकी गाइका जोशीले आफ्नो विवाहको प्रसंगमा कुरा गर्दै यस्तो टिप्पणी गरेकी हुन् ।
उनले आफूलाई बुझ्ने र माया गर्ने केटाको खोजीमा रहेको पनि खुलाईन् । उनले आफू आफ्नै खुट्टामा उभिन चाहेको समेत उल्लेख गरिन् । यद्धपि उनले अहिले नै आफूले विवाहको बारेमा नसोचेको बताएकी छिन् ।