Sat. Apr 20th, 2024

आगामी भदौ १३ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’को प्रोमो रिलिज गरिएको छ । ओम प्रतिकको निर्देशनमा रहेको यो कथा हो तिम्रो मेरोको शुक्रबार एक कार्यक्रमका बिच प्रोमो रिलिज गरिएको हो । प्रोमो रिलिज समारोहमा चलचित्रबारे चर्चा परिचर्चा पनि गरिएको छ ।

द फ्रेम क्रियशन प्रालीको व्यानरमा बनेको यो चलचित्रमा विकास चौधरीको संगीत रहेको छ भने शिव परियार, मनिषा पोखरेल, दिपक लिम्बु, राजेश पायल राई, रजिना रिमाल र प्रविशा अधिकारीको स्वर रहेको छ ।

गीत रचना गणेश सुवेदी, शंकर अधिकारी ‘घायल’ र रवि कार्कीले गरेका छन् ।
‘यो कथा हो तिम्रो मेरो’मा निर्देशक स्वयंको पटकथा तथा संवाद रहेको छ भने रमेश कुमार राईले कथा लेखेका हुन् ।

चलचित्रमा सुमन सिंह, रवि कार्की, रिस्ता बस्नेत, गणेश उप्रेती, रुपा राना, विमला गिरी, ओम प्रतिक लगाएतको अभिनय रहेको छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा सुरेश बज्रचार्यको छायांकन छ । कार्यकारी निर्माता राम वुढाथोकी हुन् । रमेश प्रजापती निर्माताको रुपमा रहेको चलचित्रमा अनिल हेक्का सह–निर्माता छन् ।

%d bloggers like this: