Fri. Mar 29th, 2024

नेपाली फिल्मीकर्मीहरुलाई सेवा सुविधा दिने हिसाबले कलाकाहरुको सहकारी खोलिएको छ । कलाकार संघले साउन २ गतेदेखि सहकारी खोल्न लागिरहेका अबस्थामा काठमाण्डौको ज्ञानेश्वरमा अभिनेत्रीद्धय मेलिना मानन्धर, रुपा राना, कलाकार संघका अध्यक्ष नवल खड्का र महासचिव रामकेशर बोगटीले सहकारीको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
sahakari bank
 
निर्माता संघका अध्यक्ष राजकुमार राई र कलाकार आकाश खवासको सहकार्यमा सहकारी खोलेका छन् । सहकारीमा कलाकार खवास अध्यक्ष रहेका छन् । सहकारीले फिल्म उपकरण र निर्माणमा पनि लगानी गर्नेछ । ३ करोडको पूँजीमा सहकारी खोलीएको हो ।
बिहीबारदेखि नै सेवा थालेको सहकारीले काठमाण्डौ बाहिर पनि सेवा विस्तार गर्ने भएको छ ।

%d bloggers like this: