Tue. Apr 23rd, 2024

अध्यक्ष दिनेश डि.सी प्रति असन्तुष्ट रहेका निर्देशकहरुले तीब्र विरोध गरेपछि निर्देशक समाजको साधारणसभा रोकिएको छ । नेपाल चलचित्र निर्देशक समाजको बाषिर्क साधारण सभा भित्रै विरोध र चर्काचर्की भएको छ । सदस्यहरुको नविकरण नगरि बार्षिक साधारण सभा बोलाएको भन्दै निर्देशक समाजका सदस्यहरु विरोधमा उत्रिएका थिए ।
dinesh dc
यसपश्चात साधारण सभा रोकिएको छ । ‘२५० भन्दा बढि साधारण सदस्य भएतापनि जम्मा ६४ जनाको मात्र नविकरण भएको छ । बाँकी सदस्यहरुलाई नविकरण गर्ने मौका नै नदिई बाषिर्क साधारण सभामा अध्यक्ष दीनेश डीसीको कार्यसमिती लागेपछि अन्य निर्देशकहरु विरोधमा उत्रिएका हुन् ।
नाई नभन्नु ल २’ का निर्देशक विकास आचार्यलाई निर्देशक समाजले बर्षकै लोकप््िरय निर्देशकको रुपमा सम्मान गरेको छ । सम्मान कार्यक्रम सम्पन्न भए लगतै निर्देशक एमएस अंग्रज, ऋषि लामिछाने विरोधमा उत्रिएका थिए । उनीहरुले विशेष साधारण सभाको माग पनि गरेका छन् ।
अघिल्लो कार्यकालका महासचिव एम.एस अग्रजको नेतृत्वमा रहेको असन्तुष्ट निर्देशकहरुको टोलीले कार्यक्रम चल्दा चल्दै स्टेज घेरेपछि साधारण सभा रोकिएको हो ।

%d bloggers like this: