Wed. Apr 24th, 2024

यति बेला नेपालीसिनेनगरिमा विवाहको लगान जुर्ने क्रम बढ्दै गइरहेको छ । एक एक गरि नेपाली कलाकारहरुको लगान जुर्ने क्रम बढ्दै गएपनि नेपाली लोक संगितमा लागेका नेपाली लोकगायिकाहरुको भने त्यति लगान जुगरेको देखिदैन् । प्राय लोक गायिकाहरु विवाहलाई भन्दा पनि आफनो करियरलाई खुबै महत्वपुर्ण स्थानमा राख्ने गर्दछन् । र त उनीहरु विवाहलाई त्यहि महत्व दिएको पाइदैन् ।
teej bishesh
कुरा गरौ केहि नेपाली लोक गायिकाहरुको जसले आम दर्शक,स्रोताको गीत,संगितबाट मन जित पनि जिवन साथिको मन भेट्न भने सकेका छैनन् ।
त्यस्तै एक लोकगायिका तथा चलचित्र राजनितिकमा नायिकाको रुपमा उदाएकी निकै चर्चित गायिका कोमल ओली । जसले अहिले सम्म विवाह गरेकी छैनन् । दाङको टिकरीमा जन्मेकी कोमल ओली खेलकुद, गायन तथा नृत्यमा विद्यालय उमेर देखीनै निकै रुचि राख्ने गर्थिन । २०४४ सालमा महेन्द्र माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि कोमलले महेन्द्र बहुमुखी क्याम्पसमा पोलिटिकल साइन्स लिएर ग्रयाजुएसनसम्मको अध्ययन पुरा गरिन ।
कुनै समय काठमाडौं कस्तो होला भनेर कल्पना गर्ने कोमलले ०५० वैशाख १ गतेदेखि रेडियो नेपालमा काम गर्न थालिन । विभिन्न प्रतिभाकी खानी कोमल सधैँ रेडियो नेपाल वा नेपाल टेलिभिजनभित्र छिरेर कहिले काम गर्न पाउँला भन्ने मात्र थियो । यसरी गीत संगितमा पनि अगाडी बढिन्छ होला भन्ने कहिले पनि सोचेकी थिइनन् कोमलले ।
एका एक तुलसिपुरमा म जादाँ खेरी,पोइला जान पाउ,गोजीमा गाँठ र मनमा आँट भा’ आदी गीतहरुले कोमललाई एक सञ्चारकर्मी मात्र नभई एक चर्चित लोकगायिकाको रुपमा पनि चिनाउन सफल भयो । ०६४ सालमा अब चै विवाह गर्नुपर्छ भन्ने सोचाईमा रहेकी कोमल उनका त्यति बेला प्रेमी पनि थिए । तर त्यति बेला कोमलका प्रेमी अमेरिका बस्ने गर्थे । बर्षमा २ पटक सम्म कोमललाई भेट्न आउने उनका प्रेमी जब कोमलले पाइल जान पाउ,गोजीमा गाँठ भाका नामक गीत गाँउन थालिन तब उनका प्रेमीले शंका गर्न थालेपनि उनीहरुको दुई बर्षे माया प्रेम चकनाचुर भयो ।
दुई बर्ष सम्म माया प्रेम रहदाँ प्रेमी सगँ चुम्बन समेत नगरेको बताउने कोमल अब कहिले विवाह गर्छिन भन्नेमा लाखौ दर्शक,स्रोताको मन तानिन् थालेको छ । धेरैपटक तिजका गीतमा भगवान शिवलाई लक्षित गरेर गीत गाएपनि आज सम्म कोमललाई कसैलेपनि विवाहको प्रस्ताब राख्ने आट गर्न सकेका छैनन् ।
सुनिता दुलाल रेडियो जक्की,
भिडियो जक्की हुदै गायिकाको रुपमा आफूलाई स्थापित गराएकी गायिका सुनिता दुलाल पछिल्लो समयको ब्यस्त गायिका रुपमा समेत चिनिने गरिन्छ । तीजको गीत गाउने गायिकाको रुपमा चिनिएकी सुनितालाई जब जब तीज नजिकिन्छ तब तब झन भ्याईनभ्याई हुन्छ । टिभीमा पनि लोकगीत संगीतका कार्यक्रम चलाउने उनको ‘मायलुले झल्को दिई रहने’, ‘भैगो अब भो’, ‘चेलीको माइतीघर’,‘फेरि आयो माईत जाने दिन’, ‘दशै आयो जमरा पलायो’, ‘मेरै दिलमा फुल्यौ निरमाया’, ‘अब त मैले नि झुम्का लगाउछु’, ‘तीजको दर’, ‘उनको लागि ब्रत बसेको’, ‘हो कि हैन त सानु’, ‘शिरमा फुल’ लगायतका एल्बम बजारमा आएका छन् ।
लोक, आधुनिक हुदै उनले प्रितीको फुल, सुरक्षा गार्ड लगायतका चलचित्रमा पनि गीत गाइसकेकी छिन् । सिन्धुपाल्चोक जलवीरेबाट काठमाण्डौं आउदा गायिका बनेर नाम कामाउछु भन्ने सोच राख्ने सुनितालाई यति धेरै चर्चित बन्छु होला भन्ने लागेको नै थिएन । गीत संगितबाट यति धेरै नाम कमाएपनि हाल सम्म उनी अविवाहि नै छिन् । चर्चित लोकदोहोरी गायिका सुनिता दुलालको सवालमा पनि विवाहको साइत यसै वर्ष जुर्दै बताइएको छ । धेरै बर्ष सम्म एक्लै जिन्दगीमा यात्राहरु पार गरेकी गायिका सुनिता दुलालले यसै बर्ष विवाह बन्धनमा बाधिने बताएकी छिन् । हुनको हुने बाला राजकुमार भने विशुद्ध एरेञ्ज हुन् ।
निकै बर्षदेखी प्रेम सम्बन्ध रहेको उनीहरुको अब भने प्रेम सम्बन्धलाई विवाहमा परिणत हुने भएको छ । त्यसो त सुनितालाई दैनिक विवाहको प्रस्ताव नआएको होइन। उनको फेसबुक फ्यान पेज, इमेलमा यस्ता प्रस्ताव असंख्य छन्। ‘जन्मदिनमा त अनलाइनबाट ५ देखि ६ वटासम्म फ्यानले पठाएका केक आउँछन्,’हालै क्यानडाका अधिकांश राज्यमा सांगीतिक कार्यक्रम गरेर फर्किएकी उनले पुनः दोहोर्याईन्,‘त्यसकारण पनि अब विवाह गर्ने सोच आईसकेको छ।’
मुना थापामगर
गोरखा मनकामना९ सिल¨लामाछाप मा बुबा कुलबहादुर थापा र आमा सानुमाया थापा मगरको माइलि सन्तानको रुपमा २३ वर्षिया पहिले यस घर्तीमा जन्मिएकी मुना लजालु स्वाभावकी छिन । गाउँबेसीमा घासदाउरा गर्दा मात्र गुनगुनाउने मुनाले आफु यो स्थान सम्म पुग्ने अपेक्ष गरेकी थिईनन । गाउँकै भिनाजु पर्ने करसिङ थापाले निकालेको केबुलकारमा गेटमा गाउने अवसर दिएपछि भने उनको सांगितिक यात्राको बाटो तय भएको हो ।
२०६१ सालमा काठमाण्डौंमा प्रवेश गरेकी मुनाले दोभान दोहोरी सांझमा दोहोरी गाउँन थालीन । छोरी एल्वमको चिसो चिसो हावा सरर ले एकाएक उनलाई चर्चामा ल्याएयो । मैले मन पराएको छु‘बोलको गीतबाट २०६७ सालमा उत्कृष्ट लोकदोहोरी गायिकाको अवाड समेत प्राप्त गरेकी मुनाले २३ सय लोकदोहोरी गीतहरुमा आफ्नो स्वर दिइ सकेकी छिन । यति धेरै गीत गाइसकेकी गायिका मुना पनि अविवाहित नै छिन् । विवाहका लागी कयौ प्रस्ताब आए पनि उनी अहिले विवाह नगर्ने सोचमा छिन् ।
यसरी लाखौ दर्शक,स्रोताको मन जितिसकेका यि चर्चित गायिकाहरुको विवाह कहिले हुन्छ त्यो सबैले पर्खिरहेका छन् । सधै मन्दिरमा गएर शिवलाई पुज्नु भन्दा यसपटकको तिजमा यि गायिकाहरुले मनमिल्ने शिव पाउन शुभकामना ।

%d bloggers like this: