Thu. Apr 25th, 2024

richa sharma
 
आज नायिका ऋचा शर्माले अर्को बसन्त पार गरेकी छिन् । उमेरले झण्डै २५ देखी ३० बर्षको अनुमान लगाएपनि आफनो उमेर भने ऋचा ले खुलाउन चाहिनन् । पहिलो चलचित्र ‘फस्ट लभ’बाट नेपाली रजतपटमा भित्रिएकी नायिका ऋचा र्शमा अहिले सम्म करिब आधा दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी छिन् । झण्डै आधा दर्जन चलचित्रमा ऋचाले मुख्य भुमिकाको रुपमा अभिनय गरेपनि प्राय चलचित्रहरुले राम्रो व्यापार गर्न भने सकेनन् । त्यसैले एका एक उनको माग चलचित्रक्षेत्रबाट हराउन थालिसकेको छ ।
पछिल्लो समयमा उनको हातमा केहि चलचित्रहरु परेपनि यति बेला भने ऋचा फुर्सदमा रहेकी बताइएको छ ।

%d bloggers like this: