Sat. Oct 26th, 2024

binita ghimere
 
नेपाली सिनेनगरिमा सायद कमै होलान जो चलचित्रक्षेत्रलाई छोडेर कृषक बनेका तर विनिता कृषिमै केहि छ भन्ने मनसायले रातदिन कृषिक्षेत्रमै दुख गरिरहेकी छिन् । तर कृषि क्षेत्रमा गरेको दुखको परिणाम विनिताले अहिले सम्म सुखको अनुभुति गर्न पाएकी छैनन् । गोलभेडा खेती गर्दे आएकी विनिता बजारमा गोलभेडाको राम्रो भाउ नहुनाले यसक्षेत्रमा गरेको दुख सबै खेरजाने अबस्थामा रहेको बताउकी छिन् ।
मनोरञ्जन संसारडटकम सगँ विषेश कुराकानी गर्दे विनिता बरालले ‘नेपाली उत्पादनमा आम जनताले माया नगर्दा हामी जस्ता कृषक निकै मारमा परेको बताएकी छिन् ।’ उनले भनेकी छिन् ‘आम जनताले नेपालमा उत्पादन भएका बस्तु प्रयोग गरे कृषिक्षेत्र अझै फस्टाउदे जाने समेत बताएकी छिन् ।’
विनिता बराल कृषि पेशामा आवद्ध भएको करिब एक वर्ष भयो । कृषि क्षेत्रमा यति विध्न समस्याहरु भएपनि विनिता आफु कृषक हुन पाएकोमा गौरब अनुभुति गर्ने गर्छिन । केहि दिन अगाडीमात्र कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र नायिका विनिता बराललाई नेपाल सरकारले कृषि सद्भावना दूत घोषणा गरेको छ । अन्य व्यक्तिहरुसँग मिलेर काठमाण्डौ नजिकैको टोखा गाविसमा १० रोपनी जग्गा भाडामा लिएर विनिताले एक वर्ष अगाडी तरकारी खेती सुरु गरेकी थिइन् ।
अहिले विनिताको खेतमा गोलभेंडाको सिजन छ ।