Wed. Apr 24th, 2024

 काठमाण्डौ । नायिका रेखा थापाले प्राय चलचित्रमा अभिनय गर्ने निर्माता छवि ओझाको ब्यानरमा रेखा सगँ सम्बन्ध विक्षेद भएपछि निर्माता छवि ओझाको ब्यानरमा फेरी अर्की नायिका भित्रिएकी छिन् । प्राय म्युजिक भिडियोको अभिनयमा व्यस्त तथा छवि ओझाकै ब्यानरमा निर्माण भएको चलचित्र लज्जाकी नायिका शिल्पा पोखरेल यति बेला एकपछि अर्को गर्दै निर्माता छविको ब्यानरमा काम गर्न थालेकी छिन् ।
suntali hawaldar
केहि महिना अगाडी छविले शिल्पालाई प्रेम प्रस्ताब समेत राखेका थिए । तर प्रेम प्रस्ताब बारे शिल्पाले केहि बोलेकी छैनन् । त्यहि क्रममा निर्माता छवि ओझा को ब्यानरमा निर्माण भएको चलचित्र ‘हवल्दार सुन्तली’मा पनि उनै नायिका शिल्पा दोहोरिएकी छिन् ।
ऋषि लामिछाने निर्देशन गरेको चलचित्र ‘हवल्दार सुन्तली’ को यति बेला सम्पुर्ण छायंकन सकिएको छ । हेटौडा देखी काठमाडौं गरि ४१ दिनमा चलचित्रको छायंकन सकिएको थियो । चलचित्रमा नायक किशोर खतिवडा,सबिन श्रेष्ठको,शिल्पा पोखरेलले आदी कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् ।
‘फिल्म आगामी चैत्र २७ गते देशभर प्रदर्शन हुने बताइएको छ । फिल्ममा हवल्दार सुन्तली धामीको यथार्थ घटनालाई आधारित रहेको निर्देशक लामिछानेले बताएका छन् । चलचित्र ‘हवल्दार सुन्तली’ बास्तविक घटनामा आधारित रहेको छ । त्यस्तै निर्माता ओझा ओझाको ब्यानरमा निर्माण भएको चलचित्र ‘लज्जा’ आगामी कार्तिक ७ गते रिलिज हुने भएको छ ।

%d bloggers like this: