Fri. Apr 19th, 2024

बलिउडमा कलाकारको अभिनय मात्र होइन बेलाबखत अन्य त्यसभन्दा बाहेकका प्रसङ्ग पनि पर्दाफास हुने गर्दछ ।यस्तै अर्को रमाइलो प्रसङ्ग हालै पर्दाफस भएको छ । कुरा हो बलिउडमा कुन कलाकारको आफुभन्दा जेठी पत्नि ?पति भन्दा पत्नी जेठी हुने जोडीको पहिलो नम्बरमा बलिउडका नायिका ऐश्वर्या राय र उनका नायक पति अभिषेक बच्चन आएका छन् ।aishwarya-rai-abhishek-bachchan-armani-show-04
कामुक मानिएको यो दम्पतीमा ऐश्वर्याभन्दा अभिषेक दुई वर्षले कान्छो छन् । त्यस्तै अर्का नायक फराह अख्तर पत्नी अधुना ६ वर्ष जेठी छिन् । तर उनीहरुको वैवाहिक जीवन भने सफल रूपमा अघि बढिरहेको छ ।
फिल्म दिल चाहते हेको निर्माणका क्रममा एक–अर्कालाई भेटेका उनीहरुले सन् २००० मा विवाह गरेका थिए । बलिउडको अर्को त्यस्तै जोडी हो शिल्पा शेट्टी र राज कुन्द्राको । शिल्पा राजभन्दा ३ महिनाले जेठी रहेको र उनीहरुको जीवनमा पनि उमेरकै कारण खास कुनै समस्या भने नआएको समाचारमा चर्चा गरिएको छ ।
shilpa-shetty-raj-kundra-house-london
नायक अर्जुन रामपाल र सुपर मोडल मेहर जेसियाको जोडी पनि यस्तै जोडी हो। रामपालभन्दा जेसिया दुई वर्षले जेठी छिन् ।बलिउडका कोरियोग्राफर तथा निर्देशक फराह खानका पति शिरिष कुन्दरबीच भने उमेरको निकै लामो अन्तर छ ।10sd1 शिरिष आफ्नी पत्नीभन्दा ८ वर्षले कान्छो छन् भने, अर्चना पुरण सिंहका पति परमित पनि ७ वर्षले कान्छो छन् ।
बलिउडमा त्यस्तै अर्को जोडी आदित्य पञ्चोली र जरिना बहाव पनि हुन् । उनीहरु उमेरमा ६ वर्षको जेठीकान्छा छन् भने एक दशक लामो समयको उमेर अन्तर रहेर पनि वैवाहिक जीवनको शुरुआत गरेका नायक सैफ अलि खान र अमृता सिंहको जीवनमा भने केही उत्तार चढाव आएको छ । १० वर्षले जेठी अमृता सैफको पहिलो पत्नी हुन् ।
 

%d bloggers like this: