Fri. Apr 19th, 2024

काठमाडौ । भदौ ६ गते देशभर प्रदर्शन हुन लागेको चलचित्र ठुलीको एउटा गीत रिलिज भएको छ । एभरेस्ट सुर्य बोहोराको निर्देशन तथा नेपाली कलाकारिता क्षेत्रका पुराना कलाकार पुस्कर पन्तले यस चलचित्रलाई निर्माण गरेका हुन् । हाल उनी अमेरिकामा रहेका छन् । हामी सगँको विषेश कुराकानीमा उनले भने ‘म चलचित्र प्रदर्शनको एक हप्ता अगाडी नेपाल आउछु ।’
thuli
यता भने चलचित्र ‘ठुली’को ‘तिम्रो यादले पोल्छ मुटु नामक गीत सार्वजानिक गरिएको छ । रजिना रिमालको स्वर रहेको सो गीतमा गरिमा पन्त जीवनको मायामा छटपटिएर गाडीमा रुदै गीत गाइरहेको दृश्य समावेश गरिएको छ । चलचित्रका कार्यकारी निर्माता सुनिल बस्नेत रहेको चलचित्रमा गरिमा पन्त, जीवन लइटेल, कन्चन ठकुरी, निला बस्नेत, बिशाल पहाडी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
चलचित्रलाई शेरबहादुर लामाको छायांकन गरेका छन् ।

%d bloggers like this: