Fri. Mar 29th, 2024

बलिउड चलचित्रकी चर्चित नायिका कैटरीना कैफले आज आफनो जन्मदिन मनाउने भएकी छिन् । उनलाई मनपराउने लाखौ प्रशंसक अब कैटरीनाले को सगँ आफनो जन्मदिन मनाउछिन् भन्नेमा छन् । तर कैटरीना भने आफनो प्रेमी रणवीर सगँ जन्मदिन मनाउने सुरमा रहेकी बताइएको छ ।
katrina-ranbir
आज वेलुका हुने कैटरीनाको जन्मदिनमा उनका प्रेमी रणवीर कपुर हेलिकप्टरमार्फत कार्यक्रमस्थलमा पुग्ने बताइएको छ । बाहिरको चर्चा अनुसार कैटरीना र रणवीर जन्मदिन मनाउन क्रोसिका जाने भएका छन् । यति बेला रणवीर चलचित्र तमाशाको सुटिगंको क्रममा युरोपमा रहेका र उनी वेलुका कैटरीनाको जन्मदिन मनाउन हेलिकप्टर चार्टर गरेर कार्यक्रम स्थलमा पुग्ने भएका छन् ।
युरोपमा चलचित्र तमाशाको सुटिगंमा व्यस्त रणवीर नायिका दिपिकाको साथमा अभिनय गरेका छन् । यदि रणवीर कैटरीनाको जन्मदिनमा पुगे कैटरीनालाई यो भन्दा ठुलो उपहार केहि नहुने स्रोतले बताएको छ । कैटरीनाको यो कति औं जन्मदिन हो,त्यो भने खुलाइएको छैन् ।

%d bloggers like this: