Tue. Mar 28th, 2023

आज १६ जुलाई अर्थात बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायिका कट्रिना कैफको ३१ औ जन्मदिन ।जन्मदिनको खबरसंगै तपाइलाई जानकारी रहोस कि कट्रिनाकोे वास्तविक नाम कट्रिना टारकेटी हो ।BPTW4dOCUAAXm3k.jpg medium
हिन्दी फिल्म ‘बुम’बाट बलिउडमा प्रवेश गरेकी उनले यो क्षेत्रमा लागेको नै १० वर्ष पुरा भईसकेको छ।  कट्रिना कैफको १६ जुलाई, १९८३ आजकै दिन हङकङमा जन्म भएको थियो ।
उसो त नायिका कैफको बलिउडमा विभिन्न तौलतरीकाबाट चर्चापरिचर्चा भइनैराख्छ । घुम्नमा बढि रुचि राख्ने उनले नायक सलमान खानसँगको प्रेम प्रसंगदेखी हाल आएर नायक रणवीर कपुरसम्म प्रेमचक्कर घुमाईनैरहेकी छिन।Katrina-hot-Images-1
त्यस्तै पछिल्लो समयमा भने रणवीरसंग बिहे गर्दैछिन भन्ने खबरले पनि बलिउड बजार तताइ नै रहेको छ।अझ अर्को रमाइलो प्रसंग कट्रिनाको सात दिदी बहिनी छन् । अत बलिउडकी हट केक कट्रिना कैफलाई हाम्रोतर्फबाट पनि जन्मदिनको शुभकामना ।