Sat. Oct 26th, 2024

नेपाली सिनेनगरिमा कुनै समय यस्तो पनि थियो नेपाली कलाकारहरलाई नेपाली चलचित्रमा अभिनय गर्न नै भ्याई नभ्याई हुने गर्थो तर अहिले चलचित्रहरुमा नयाँ कलाकारहरु आगमन हुन थालेपछि पुराना कलाकारहरु विस्तारै यस क्षेत्रबाट पलायन हुन थाली सकेका छन् । त्यस्तै एक नायक हुन राजबल्लब कोइराला ।
rajballav koirala
कुनै समय निकै चल्तीका नायक राजबल्लब पछिल्लो समय चलचित्रक्षेत्रबाट ओझेल बनेका छन् । एका एक आफुले अभिनय गरेको चलचित्रहरु चल्न छाडे पछि यसक्षेत्रबाट राजबल्लब टाढा बन्दै गएका छन् । पर्खि बसे,फुल,छोडिगए पाप लाग्ला जस्ता झण्डै १ दर्जन चलचित्रमा अभिनय गरिसकेका नायक राजबल्लब यति बेला भने उनी अमेरिकामा बस्दै आएका छन् ।
स्रोतका अनुसार हाल उनी अमेरिकामा व्यापार व्यबसाय गर्दै बसेका बताइएको छ । विस्तारै विस्तारै चलचित्रहरुमा माग घट्न थाले पछि उनी एक्कासी अमेरिमा पुगेका थिए । अब उनी नेपाली चलचित्र नखेल्ने मनसायमा रहेका पनि बताइएको छ । यसरी विस्तारै चलचित्रक्षेत्रबाट अस्ताउन लागेका राजबल्लब अब अमेरिमानै बसेर व्यापार व्यबसायलाई अगाडी बढाउने सुरमा देखिएका छन् ।