Sat. Apr 20th, 2024

पोखरा । शनिबार पोखरामामा मुर्हत गरे सगै चलचित्र ‘धौली’ले धमाधम छायंकन कार्य सुरु गरिरहेको छ । गुरुङ भाषाको चलचित्र निर्देशन गरेका घनश्याम लामिछानेले चलचित्र ‘धौली’को निर्देशन गरेका छन् । बिनोद शेरछन्कले निर्माण गरेको चलचित्र ‘धौली’ शुभमुर्हत भए सगै चलचित्रको धमाधम छायंकन कार्य सुरु भइरहेको छ ।
dhauli
स्पाइनी ब्याब्लर क्रियसनको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘धौली’मा गजित विष्ट,अनु शाह ,प्रकाश घिमिरे, विद्या कार्की, विष्णु गौतम, अर्जुन गोदार, तेज गिरी, शम्भु थापा, ऋचा नेपाली लगायतका कलाकारहरुले मुख्य अभिनय गरेका छन् ।
प्राय पोखरामा छायंकन गरिने चलचित्र ‘धौली’ करिब ३० दिनमा चलचित्रको छायंकन सकिने चलचित्र युनिटको भनाई छ । चलचित्रले गाउँ र शहर बीचको यर्थाथ कथालाई चित्रण गर्नेे बताइएको छ ।

%d bloggers like this: