Fri. Apr 26th, 2024

बलिउड नायिका श्रद्धा कपूर, सिद्धार्थ मल्होत्राको ‘एक विलेन’ले १०० करोड रुपैया भन्दा माथि कमाउन सफल भएको छ । अभिनेत्री श्रद्धा कपुरले ट्विटरको माध्यमबाट आम प्रशंसकहरुलाई धन्यवाद दिएकी छिन् । ‘एक विलेन’ले सय करोड भन्दा माथिको व्यापार भएको खुसी मनाउदै श्रद्धाले आम दर्शक,शुभचिन्तक सम्पुर्णलाई धन्यवाद दिएकी हुन् ।
shradda
मोहित सूरीले निर्देशन गरेको चलचित्र एक विलेनमा श्रद्धाले पहिलो पटक चलचित्रमा गीत गाएकी छिन् भने अभिनेता रितेश देशमुख पहिलो पटक एक विलेनमा नेगेटिव भूमिकामा देखिएका छन् । श्रद्धाले यु ट्यूबमा अपलोड गरेकी एउटा छोटो भिडियोमा भनेकी छिन् मलाई निकै रमाइलो लागी रहेको छ ,तपाईहरु सम्पुर्णलाई धेरै धेरै धन्यवाद ।
अन्तत एक विलेनले १०० करोड कमाउने लक्ष्य लिएको थियो र त्यो पुरा पनि भएको छ । आदित्य राय कपूरको साथ देखापरेकी श्रद्धाको पछिल्लो फिल्म ‘आशिकी २’ ले पनि करोड भन्दा माथिको व्यापार गरेको थियो ।

%d bloggers like this: