Thu. Apr 25th, 2024

aago 2
 
धेरैबर्षको अन्तराल पछि चलचित्र ‘आगो २’ बनेको छ । मदन घिमिरेले निर्देशन गरेको चलचित्र ‘आगो २’ जनता र पत्रकारलाई नायक बनाएर निर्माण गरिएको चलचित्र युनिटले बताएको छ ।
काठमाडौंमा एक कार्यक्रम आयोजना गरि चलचित्र ‘आगो २’ असोज ३१ गते देखी देशभर प्रदर्शन हुने भएको छ । ‘दश वर्षे जनयुद्धमा जनता र पत्रकार माथि भएको अन्यायहरुलाई चलचित्रमा देखाउन खोजिएको बताइएको छ । कार्यक्रममा चलचित्र ‘आगो २’ को प्रोमो तथा गीत समेत सार्वजानिक गरिएको थियो ।
चलचित्रलाई किसान पोखरेलले निर्माण गरेका हुन् । चलचित्र ‘आगो २’ मा सुशिल क्षेत्री,प्रिया रिजाल, सारिका घिमिरे लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।

%d bloggers like this: