Fri. Apr 26th, 2024

काठमाडौं। दिवाकर भट्टराईले निर्देशन गरेको चलचीत्र ‘स्टुपिड मन’को टाईटल गीत ‘एउटा सानो घर बसाउ भन्छ’ नामक गीत रिलिज गरिएको छ । गीतमा जीवन लुईटेल, चाँदनी शर्माको अटुट मायालाई भिडियोमा देखाइएको छ ।
stupid-maan
नायक निरज बरालले निर्माण गरेको यो फिल्ममा जीवन लुईटेल, चाँदनी शर्मा, ऋतु श्रेष्ठ, मार्टिन खान सँगै प्रस्तुतकर्ता नायक निरज बरालको मुख्य भुमिका रहेको छ । माया प्रेमको कथालाई समेटिएको यो फिल्मका संगीत अर्जुन पोखरेलले दिएका छन् । त्यस्तै फिल्मका गीतहरु भने दयाराम पाण्डे, अर्जुन पोखरेल, दिवाकर भट्टराई र किरण राज कार्कीले लेखेका छन । चलचित्रलाई शुभ फिल्मस प्रा.ली को ब्यानरमा विवेक शाही निर्माण गरेका हुन् । चलचित्र ‘स्टुपिड मन’ आउदो भदौ २० गते प्रदर्शनमा आउदैछ ।
चलचित्र ‘स्टुपिड मन’ सगँ अर्को चलचित्र ‘विर्खेलाई चिन्छस’ एकसाथ प्रदर्शनमा आउदैछ ।

%d bloggers like this: