Wed. Apr 24th, 2024

बलिउड बजारमा यति बेला एउटा कुराले निकै चर्चा पाएको छ त्यो हो रणवीर कपुर र कैटरीना कैफको प्रेम सम्बन्धले । धेरैपटक एकसाथ भेटिएका र रणवीरले कैटरीनालाई राख्न घर समेत किनीसकेको कुरा बाहिर आउदा समेत रणवीर र कैटरीना भने यस विषयमा केहि बोलेका समेत छैनन् ।
ranbir-katrina
उनीहरु विच प्रेम सम्बन्ध छ भनेर बजारमा थुप्रै हल्लाहरु आएपनि त्यो कुरालाई अहिले सम्म उनीहरुले सहि के हो गलत के भनेर भनेका छैनन् । तर प्राय कैटरीना र रणवीर एकसाथ हुनुले पनि उनीहरुको प्रेम सम्बन्ध रहेको छ भन्ने कुरा बाहिर आएको हो ।
फेरी यति बेला बलिउड बजारमा उनीहरु विचको एक खबर बाहिर आएको छ त्यो के हो भने रणवीरले कैटरीनालाई डिनरमा लगेका छन् । डिनरमा रणवीरको ममी नितु कपुर पनि साथमा थिइन् । धेरै पटक छुटिएको खबर बाहिर आएपनि कुनै न कुनै कार्यक्रममा एकसाथ देखा पर्ने रणवीर र कैटरीना मुम्बईको एक रेष्टुरेन्टमा उनीहरु एक साथ देखिएका छन् । डिनरमा रणवीरको ममी समेत उपस्थित भएपछि धेरैले अनुमान लगाएका छन् की उनीहरुको प्रेम सम्बन्ध निकै अगी बढ्दै गएको छ भन्ने । तर डिनरमा के भएको थियो भन्ने कुरा बाहिर नआएपनि कैटरीना रणवीरको ममी नितु कपुरसगँ निकै राम्रो सम्बन्ध रहेको छ ।

%d bloggers like this: