Tue. Apr 23rd, 2024

सरकारले झण्डै ६ खर्ब १८ अर्व रुपैंया बराबरको आर्थिक वर्ष २०७१/०७२ को बजेट सार्वजानिक भएको छ । आगामी आवको आयब्यय विवरण (बजेट) अर्थमन्त्री डा.रामशरण महतले प्रस्तुत गरेका थिए । नेपाल सरकारका अर्थमन्त्री डा.रामशरण महतले आज संसदमा ६ खर्बको बजेट पेश गर्दै राष्ट्रिय चलचित्र नीती तर्जुमा गर्ने बताएका छन् ।
Ramsaran-mahar-Presenting-Budgut
राष्ट्रिय चलचित्र नीति सगै अर्थमन्त्रीले चलचित्र विकासका लागी बजेट विनियोजन गरेको समेत बताएका छन् । चलचित्रक्षेत्रको विकासका लागी चलचित्र नीति अत्यन्त आबश्यक रहेको अर्थमन्त्रीले बताएका छन् । राष्ट्रिय चलचित्र नीति तर्जुमा गरेमात्र चलचित्रक्षेत्रको समग्र विकास हुने बताएका छन् ।
देशको एउटा अगं जस्तो बनिसकेको चलचित्रलाई विकास गरे समग्र देशको विकास हुने अर्थमन्त्रीको जोड थियो । अब चाडै नै राष्ट्रिय चलचित्र नीति तर्जुमा लागु गरिने मन्त्री महतले बताएका छन् ।

%d bloggers like this: