Fri. Mar 29th, 2024

असार २७ गते देखी देशभर प्रदर्शनमा आएको चलचित्र ‘नागवेली’ले निकै राम्रो व्यापार गर्दै गएपछि चलचित्र युनिट निकै उत्साहित भएको छ । त्यहि क्रममा चलचित्र ‘नागवेली’ युनिटले शुक्रबार प्रदर्शनमा आएको दिनको रकम दिलशोभा श्रेष्ठले सञ्चालन गर्दै आएकी आमाघरमा आर्थिक सहयोग गरेको छ ।
naagbeli
शुक्रबार ३७ हजार संकलन गरेको ‘नागवेली’ले सम्पुर्ण रकम संस्थाकी अध्यक्ष दिलशोभा श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण पछि पत्रकारहरु सगँ कुरा गर्दै निर्माता रोमियन लिम्बुले असहाय बृद्धा र अनाथ बालबालिकाहरूलाई सानो सहयोग गर्न पाएकोमा आफु धेरै खुसी रहेको बताए । त्यस्तै संस्थाकी अध्यक्ष दिलशोभा श्रेष्ठले यो रकमले संस्थालाई निकै ठुलो राहात महशुस गरेको बताउदै चलचित्रले राम्रो व्यापार गरोस भन्दै शुभकामना दिएकी थिइन् ।
गोविन्द राईको निर्देशन गरेको चलचित्र ‘नागवेली’मा नीर शाह, दयाहाङ राई, हर्षिका श्रेष्ठ, यशराज गरच, विक्की मल्ल, सुरवी जैन, सम्भव श्रेठ, अशोक फुयाँल, रुपा राना, लुनिभा तुलाधर लगायतको कलाकारहरुले अभिनय गरेका छन् । चलचित्र ‘नागवेली’ले शनिबारका दिन चलचित्रहलहरुमा हाउसफुल दर्शक भित्राएको थियो ।
चलचित्रले शनिबार निकै राम्रो व्यापार गरेपछि यति बेला चलचित्र युनिट चलचित्रलाई लिएर निकै हौसिएका छन् ।

%d bloggers like this: