Fri. Apr 26th, 2024

चलचित्रहरु निर्माण हुने क्रममा चलचित्रको नाम अनेकथरी राखिने गरिन्छ । तर चलचित्र युनिटलाई अंक ज्योतिष का आधारमा चलचित्रको नाम कस्तो राख्दा उचित हुन्छ भन्ने सोच बेलैमा नभैदीदा चलचित्रको पुन नामाकरण हुने गरेको धेरै उदारणहरु नेपाली चलचित्र उद्योगमा पनि रहेको छ । चलचित्र निर्माण हुदाँ एउटा नाम राख्ने र चलचित्र निर्माण भएपछि अर्को नाम फेर्ने अहिले लहर जस्तै चलेको छ । तर चलचित्र निर्माण हुदाँ एउटा नामले चलचित्र छायांकन हुने अनि चलचित्र निर्माण भएपछि अर्को नाम जुराउनु पर्ने बाध्यताले भने नेपाली आमदर्शकलाई कैले काही अन्योल मा पारिदीने गर्छ ।
sambodhan
 
यही क्रममा प्रदर्सन को पालो कुरिरहेको जिन्दावाद नामक चलचित्रको नाम पनि परिवर्तन गरि सम्बोधन राखिएको छ । चलचित्रलाई ज्यातिषिय आधारबाट पुरानो नामले साथ नदिदाँ चलचित्रको नाम जिन्दावाद बाट परिवर्तन गरि अंक ज्यातिषिय हिसाबले “सम्बोधन” राखिएको निर्माणकर्ता ले बताइएका छन् ।
चलचित्र निर्माण हुदाँ बिषय बस्तु का आधारमा चलचित्रको नाम जुराएको तर चलचित्र निर्माण भएपछि जोतिष को परामर्स अनुसार नाम फेर्नु पर्ने अवस्ता आएको हुदा नाम परिवर्तन गरेको निर्देशक बिसी भनाइ रहेको छ ।
भाद्र ६ गते रिलिज मिति तोकिएको ‘सम्बोधन’लाई सरोज न्यौपानेले निर्माण गरेका हुन् । भ्रष्टाचारको कथालाई उठान गरिएको यो चलचित्रमा दयाहाङ राई, नम्रता श्रेष्ठ, त्रिचन्द्र कलेजका स्ववियू सभापती विनय भट्टको मुख्य अभिनय रहेको छ । निर्देशक बिसीले यो चलचित्र लेखेका हुन् । चलचित्रमा बिष्णु लामाको पनि लगानी रहेको छ ।

%d bloggers like this: