Fri. Mar 29th, 2024

पछिल्लो समयमा नेपाली चलचित्रहरुको व्यापार राम्रो नभइरहेको अबस्थामा असार २७ गतेबाट देशभर प्रदर्शनमा आएको चलचित्र नागवेलीले भने निकै राम्रो व्यापार गरिरहेको चलचित्र युनिटले बताएको छ । प्रदर्शनमा आएको पहिलो दिन अर्थात शुक्रबार राम्रौ व्यापार गरेको चलचित्र नागवेलीले शनिबार भने प्राय सम्पुर्णहलहरुमा हाउसफुल दर्शक भित्राएको छ ।
naagbeli
 
आज फेसबुक मार्फत निकै हौसिएर कलाकार सम्भब श्रेष्ठले चलचित्र नागवेली हाउसफुल भएको भन्दै खुसी बाडे्का थिए । चलचित्र प्रदर्शनमा आउनु अघि प्रमोशनका लागी कुनै पनि कसरत नछोडेको चलचित्र नागवेलीले सोचेको जस्तै व्यापार गरेपछि यति बेला सम्पुर्ण चलचित्र युनिट हौसिएको छ ।
चलचित्र ‘नागवेली’ युवावर्गको जीवनमा आउने विभिन्न घुम्तीहरुमा आधारित रहेको चलचित्र युनिटले बताएको छ ।गोविन्द राईद्धारा निर्देशित चलचित्र ‘नागवेली’लाई रोमीयन चेम्जोङले लगानी गरेका छन् ।
निर शाह, हर्षिका श्रेष्ठ, दयाहाङ राई, एसराज गराच, लुनिभा तुलाधर,विक्की मल्ल, सुरभी जैन, अशोक फुयाल, सम्भव श्रेष्ठ, रुपा राना लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको चलचित्रलाई रामशरण उप्रेतीको छायाङकन एवं विवि अनुरागी र शितल मोक्तानको संगीत रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन गरेका छन् । चलचित्रलाई दिपेन्द्र लामाले लेखेका हुन् ।

%d bloggers like this: