Fri. Apr 19th, 2024

काठमाडौं । लभस्टोरी कथामा निर्माण भएको चलचित्र ‘अझै पनि’ आउँदो फाल्गुन १५ गते देखि देशभर प्रदर्शनमा जाने पक्का भएको छ । होलीलाई मध्यविन्दु बनाएर चलचित्र ‘अझै पनि’ प्रदर्शनमा आउन लागेको हो ।
ajhai pani- nepali movie
 
आलोक नेम्वाङले निर्देशन गरेको चलचित्रलाई सुदर्शन थापा र पुनम गौतमको लगानी गरेका छन् । एफ.डी कम्पनीले वितरण गरेको चलचित्र ‘अझै पनि’मा नायकका रुपमा सुदर्शन थापाले डेब्यू गरेका छन् । त्यस्तै फिल्ममा पुजा शर्मा,सुरक्षा पन्त, बिशाल ढुंगाना, मिथिला शर्मा, बिजय लामा बिपना धिमाल, पुष्प खड्का लगायतका कलाकारहरु चलचित्रमा अभिनय गरेका छन् ।
करिब पाँच बर्षको अन्तराल पछि निर्देशक आलोक नेम्वाङले चलचित्र ‘अझै पनि’ निर्देशन गरेका हुन् ।

%d bloggers like this: