Wed. Apr 24th, 2024

काठमाडौं । असार २३ गते वैवाहिक जिबनमा बाधिएका नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का हनिमुन मनाउन भारतको सिम्लामा पुगेका छन् । हनिमुन मनाउन सिम्ला पुगेका नब-विवाहित जोडि ३ दिन सिम्लामा बस्ने बताइएको छ । निकै मनमोहक ठाँउमा हनिमुन मनाउन पुगेका उनीहरु सो ठाँउ हनिमुनका लागी श्रीकृष्णले रोजेका थिए ।
srikrishna
 
हनिमुन मनाउन भारतको सिम्ला पुगेपनि उनीहरु हाल बच्चा नजन्माउने मनसायमा रहेको बताइएको छ । स्रोतका अनुसार उनीहरु करिब २ बर्ष सम्म बच्चा नजन्माउने सुरमा रहेका बताइएको छ । करिब ३ तिनको बसाई पछि उनीहरु नेपालमा आएर चलचित्र ‘कोहिनूर’को पब्लिसिटीमा जुट्न लागेका छन् । त्यसैले उनीहरुले हनिमुन पनि छोट्याएका छन् । स्रोतका अनुसार उनीहरु भारतमा रहदाँ श्रीकृष्णले आफनो स्वास्थ परिक्षण पनि गराउने बताइएको छ ।
नायक श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र ‘कोहिनूर’ साउन २३ गते देशभर प्रदर्शनमा आउने जमघट कसेको छ । चलचित्र ‘कोहिनूर’मा श्रीकृष्ण र स्वेता मुख्य भुमिकामा देखिएका छन् ।

%d bloggers like this: