Fri. Apr 26th, 2024

पछिल्लो समय नेपाली कलाकारहरुको लगन जुर्न क्रम बढ्दै गएको छ । जब अभिनेत्री रेजिना उपे्रतिको विवाह भयो त्यस पछिबाट नै नेपाली कलाकारहरुको विवाहको लगान जुर्न थालेको छ । केहि समय अगाडी मात्र नायक राजेश हमाल,नायिका रेजिना उप्रेति,नायक आर्यन सिग्देल,मोडल अन्जु निरौला,अभिनेत्री मिथिला र्शमा,नायक श्रीकृष्ण श्रेठ,नायिका स्वेता खड्का,रंगकर्मी अनुप बराल र दिया मास्के जस्ता कलाकारहरुको विवाह भइसकेको छ । त्यहि क्रममा केहि दिन अगाडी मात्र अभिनेत्री स्वेता भट्टराई र प्रकृति श्रेष्ठले पनि प्रेम विवाह गरेका छन् ।
prakriti
स्वेताले चर्चित व्यवसायी मिलन सापकोटासँग विवाह गरेकी छिन् भने प्रकृतिले अष्ट्रेलियाकामा बस्दै आएका सुदीप न्यौपानेसँग प्रेम बिबाह गरेकी हुन् । विवाह भएको कुरा बाहिर आएपनि उनीहरु दुवै अभिनेत्रीहरुले भने विवाहको केहि झल्को समेत बजारमा छोडेका छैनन् ।
sweta
उनीहरुले गोप्य तरिकाले विवाह गरेको बताइएको छ । निकै लामो समय देखी चलचित्रक्षेत्रबाट टाढा रहेकी स्वेता अब चलचित्रक्षेत्र नलाग्ने मनसाय बनाएकी उनका नजिकका व्यक्तिले बताएका छन् । तर प्रकृति भने फिल्मसँगै भिडियोमा समेत व्यस्त छिन् । प्रकृतिले अभिनय गरेको पछिल्लो चलचित्र उत्सव भाद्र १३ गते देशभर प्रदर्शनमा आउदैछ ।
यसरी गोप्य रुपमा वैवाहिक जिबनमा बाधिएका यि दुवै जोडि हाल कहाँ छन् कसैलाई पत्तो समेत छैन् ।

%d bloggers like this: