Fri. Sep 13th, 2024

तेरियालाई जिटिभीले तीन वर्षका लागि अनुबन्धित गरेको छ । ‘तीन वर्षका लागि जिटिभीकै कार्यक्रमहरुमा सहभागी हुनुपर्ने सम्झौता गरिएको छ,’ आमा अनिताले भनिन् ।Teriya-Magar-in-Nepal-Performance
उनले थपिन्, ‘तेरियाको भविष्यलाई हेर्दे भारतमै पढाउने कि भन्ने विचार गर्दैछौं ।’ जिटिभीले उसका प्रोमासनल कार्यक्रम, टिभी एडका साथै विविध कार्यक्रममा सहभागी बन्न तेरियालाई अनुबन्ध गरेको हो ।
उनले डिआइडी लिटिल मास्टरको फाइनलमा एडमा खेल्ने अवसर पाइसकेकी छिन् । नेपाल आएपछि विविध कार्यक्रममा सहभागी भएपनि जिटिभीको अनुमति चाहिने भएकाले नाच्न पाएकी छैनन् ।‘कही नचाउनुपर्ने भए जिटिभीलाई केही बजेट तिर्नुपर्ने हुन्छ,’ आमा अनिताले जानकारी दिएकी छिन ।