Sat. Apr 20th, 2024

एकपछि अर्को चलचित्रमा व्यस्त नायिका निता ढुंगाना र नायक जीवन लुइटेल फेरी पर्दामा देखिने भएका छन् । चलचित्र ‘धुन’मा जीवन र नितालाई आम दर्शकले एक साथ मुख्य भुमिकामा देख्न पाउने चलचित्रका निर्देशक कृष्ण पौडेलले बताएका छन् । हाल चलचित्रको सम्पुर्ण छायंकन भइसकेर अहिले धमाधम इडिटिङ कार्य भइरहेको छ ।
Jiwan-Luitel
 
कृष्ण पौडेलद्धारा निर्देशित चलचित्र धुनमा निता ढुंगाना , जिवन लुइटेल , श्रेया दुलाल लगायतका कलाकारले मुख्य अभिनय गरेका छन् । चलचित्रलाई मालती शाह , शुशिल शाह तथा श्रेया दुलालले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा लक्कि सिटौलाको संगित , अष्ट महर्जनको द्धन्द , बिरेन्द्र भट्टको छायांकन एव नृत्य कमल राइ र कबिराजको रहेको छ । खास गरि चलचित्र म्यूजिकल लभ स्टोरी रहेको निर्माण पक्षले बताएको छ ।
चलचित्रमा निता एक एक्सन गर्लको रुपमा देखिने धेरैले अनुमान लगाएपनि निर्माण पक्षले भने यसबारेमा केहि बोलेको छैन् । चलचित्र धुनमा लबस्टोरी र एक्सन दुवै स्वाद भएको निर्माताहरुले बताएका छन् । हाल चलचित्रको इडिटिङ कार्य भइरहेकाले चलचित्र कहिले प्रदर्शनमा आउने भन्ने टुंगो लागेको छैन् ।

%d bloggers like this: