Fri. Apr 26th, 2024

चलचित्र र चलचित्रकर्मीहरुलाई प्रत्साहान गर्ने हेतुले प्रदान हुने अवार्डहरु पछिल्लो समय निकै भित्रन थालेका छन् । त्यहि क्रममा अन्तर्राष्ट्रिय कलाकार मंच युरोपले आगामी २०१५ सेप्टेम्बर २६ तारिखका दिन बेल्जियमममा अन्तर्राष्ट्रिय कलाकार मंचले (आइएएफ) एवार्ड गर्न लागेको छ ।
award in belgium
आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरि अवार्डका विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा राजु अधिकारी,मंचका सचिब बेनी ढुंगाना लगायत प्रदिप उदय,नवल खड्का,रोज राणा,मनोज केसी,शान्तिप्रिय,हरि बराल,गायक रामकृष्ण ढकाल,सत्य-स्वरूपराज आचार्य लगायकका चलचित्र तथा संगीतकर्मीको उपस्थित रहेको थियो । एवार्डमा नेपाली चलचित्र क्षेत्रमा ठुलो योगदान पुर्याउदै आएका एक जना चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट’ एवार्ड बाट सम्मान गरिने भएको छ ।
कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय कलाकार मंच युरोपका अध्यक्ष उज्वल केसीले सो अवार्डले सम्पुर्ण कलाकारलाई प्रोत्साहान गर्ने हेतुले बेलजियममा हुन लागेको र अवार्ड निस्पक्ष हुनेमा दावी गरेका छन् ।
वितरणहुने अवार्डका विधाहरु :
१.उत्कृष्ट लोक गायक (पुरुष)
२.उत्कृष्ट लोक गायिका (महिला)
३.उत्कृष्ट आधुनिक गित (पुरुष)
४.उत्कृष्ट आधुनिक गित (महिला)
५.उत्कृष्ट हास्य(ब्यङ्ग कलाकार)
६.उत्कृष्ट खलनायक ७.लाइफ टाईम अचिभमेन्ट
८.नेपाली एवार्डलाई बिशेष योगदान दिने एवार्ड
९.सामाजिक योगदान एवार्ड
१०.उत्कृष्ट गीतकार एवार्ड
११.उत्कृष्ट संगीतकार एवार्ड
१२.उत्कृष्ट फिल्म एवार्ड
१३.उत्कृष्ट निर्देशक एवार्ड
१४.उत्कृष्ट नायिका एवार्ड
१५.उत्कृष्ट नायक एवार्ड

%d bloggers like this: