Fri. Apr 26th, 2024

नेपाली गीत संगितका भिडियोहरु पछिल्लो समय निकै अस्लिन बन्दै गइरहेका छन् । नेपाली आम दर्शकले पचाउन नसक्ने हट भिडियोहरु आज काल बजारमा निकै पाइन्छ । त्यस्तै भिडकी एक गायिका ज्योति मगरले पनि हट म्युजिक भिडियो बजारमा ल्याएकी छिन् ।
joyti magar
आज काठमाडौंमा ज्योति मगरको पिरतीमा दम छ नामक एल्बम सार्वजानिक गरिएको छ । साप्ताहिकको प्रस्तुतीमा बजारमा आएको पिरतीमा दम छ एल्बममा जिम्मल बा की छोरी र पिरतीमा दम छ नामक गीत समावेश रहेको छ । यि दुवै वटा गीतका म्युजिक भिडियो आज सार्वजानिक गरिएको छ । पिरतीमा दम छ नामक गीतमा स्वर ज्योति मगर र रामचन्द्र काफलेले दिएका छन् भने शब्द र संगीत ज्योति मगर कै रहेको छ ।
त्यस्तै जिम्मल बा की छोरीमा ज्योति मगर र रामजी खाँणको स्वर रहेको छ भने शब्द ज्योति मगर र लय रामजी खाँडको रहेको छ । यि दुवै गीतका म्युजिक भिडियोमा गायिका ज्योति मगरले नै मोडलिंग गरेकी छिन् । पिरतीमा दम छ नाम गीतको म्युजिक भिडियोमा ज्योतिले दुई वटा दृश्यमा निकै हट दृश्य दिएकी छिन् ।

%d bloggers like this: