Fri. Apr 26th, 2024

काठमाडौ । नेपाली रजतपटमा पछिल्लो समय चलचित्रहरु निर्माणहुने क्रम अत्याधिक बढिरहेको अबस्थामा फेरी अर्को चलचित्र निर्माण हुने भएको छ । योगेश घिमिरेले निर्देशन गर्न लागेको ‘भूल भुलैया’नामक चलचित्र निर्माण हुन लागेको छ ।
bhulbhulaiya nepali movie
आज काठमाडौंमा पत्रकार सम्मेलन गरि चलचित्र ‘भूल भुलैया’को बारेमा जानकारी गराइएको थियो । चलचित्रमा डीजिटल प्रविधिको उच्चतम प्रयोग गरिने निर्देशक घिमिरेले बताएका छन् । चलचित्र ‘भूल भुलैया’ले केही एनिमेशनका दृश्यलाई आकर्षक किसिमले प्रस्तुत गर्ने बताइएको छ । चलचित्र ‘भूल भुलैया’मा नायिका नीता ढुंगाना मुख्य पात्रको रुपमा देखिने छिन् ।
चलचित्रलाई दिनेश कुमार पोखरेलको प्रस्तुती, सुशिल कार्की, सुरेश गौतम, मणिराज दाहाल निर्माता रहेका छन् ।चलचित्रमा निरज ढकाल कार्यकारी निर्माता रहेको छन् भने शिवम् अधिकारीले चलचित्रलाई लेखेका छन् । रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको चलचित्र ‘भूल भुलैया’मा बसन्त सापकोटाको संगीत रहेको छ । चलचित्रको छायांकन साउन १६ गतेबाट सुरु हुने चलचित्र युनिटले बताएको छ । बाँकी कलाकार केहि दिन भित्रमानै छनोट गरिने निर्माता निरज ढकालले बताएका छन् ।

%d bloggers like this: