Thu. Apr 25th, 2024

पछिल्लो समय बलिउड चलचित्रमा राज गर्दै आएकी नायिका सोनाक्षी सिन्हा सुपरस्टार नामक भिडियोमा फरक स्टाइलिसमा देखिने भएकी छिन् । मशहूर रैपर यो यो हनी सिंहको आउन लागेका भिडियोमा सोनाक्षी एक फरक रुपमा देखिने भएकी छिन् ।
sonakshi
भारतीय समाचार एजेन्सीका अनुसार सो १० मिनेटको भिडियो लघु फिल्म रहेको बताइएको छ । यो यो हनी सिंहको अब आउन लागेको एल्बमको भिडियोका लागी सोनाक्षी फरक रुपमा देखिने छिन् । यो लघु फिल्म सोनाक्षीको पहिलो लघु फिल्म हो । ठुलो पर्दामा देखिरहेकी सोनाक्षी सो लघु फिल्ममा भने फरक स्टाइलिसमा देखिदैछिन् ।
सोनाक्षीले भिडियोमा बाइकर ड्रस,क्राँप टाँप्स,डेनिम शाँटे्स लुगामा भिन्दै पहिरनमा देखिने छिन् । सोनाक्षीको सो पहिरन बास्तविक जिन्दगीमा पनि धेरै मिल्ने छन् ।

%d bloggers like this: