Fri. Apr 26th, 2024

भाद्र ६ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘ताण्डव’ले आफनो पहिलो ट्रेलर सार्वजनिक गरिएको छ । बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेका चलचित्र ताण्डव तराई क्षेत्रमा हुने गरेका हतियारहरूको प्रयोग र त्यसले निम्त्याउने जोखिमलाई मूख्य बिषयबस्तु बनाइएको चलचित्र युनिटले बताएको छ ।
tantav nepali movie
चलचित्र ताण्डवमा नायिका नम्रता श्रेष्ठ र र्या्पर आशिष राना ‘लाउरे’को मुख्य भुमिका रहेको छ । बधशाला’ निर्माण गरेका मोहन डोटेल निर्माण गरेको चलचित्र ताण्डव भाद्र ६ गते प्रदर्शनमा आउने छ । फिल्म हङकङ, जापान र युकेमा एकसाथ प्रदर्शनमा आउने बताइएकाृे छ ।
यस फिल्म ‘ताण्डव’ मा नम्रता र लाउरेका साथमा अनुप बराल, एलिन गुरुङ, विपिन कार्की, प्रमोद अग्रहरी आदिको अभिनय रहेको छ । चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
 

%d bloggers like this: