Wed. Apr 24th, 2024

काठमाडौं । पछिल्लो समयमा नेपाली चलचित्रहरुले राम्रो व्यापार नगरिरहेको अबस्थामा २०७१ सालको सुरुवातमै प्रदर्शनमा आएको चलचित्र नाई नभन्नु ल २ ले भने निकै राम्रो व्यापार गर्न सफल भएको थियो । व्यापार मात्र होइन चलचित्रले ५१ औं दिन समेत मनाउन सफल भएपछि सम्पुर्ण चलचित्र युनिट उत्साहित भएका थिए ।
nai navannu la 2
विकास आचार्यले निर्देशन गरेको चलचित्रमा दुई बालकलाकारका कारण पनि चलचित्रले निकै राम्रो बजार तताउन सफल भयो । गीत संगितका कारण बजारमा अहिले सम्म पनि चलचित्रको गीत माग भइरहेको छ । यसरी निकै चर्चा बटुल्दै सफलता हात पारेको चलचित्र नाई नभन्नु ल २ युनिटले चलचित्र सक्सेस भएकोमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरि चलचित्रलाई साथदिने सम्पुर्ण टिमलाई नै सम्मान तथा बधाई दिएको छ ।
सम्मान सगै चलचित्र नाई नभन्नु ल २ को सफलताका कारण अब चलचित्र नाई नभन्नु ल ३ बनाउने समेत घोषण गरिएको छ । चलचित्र नाई नभन्नु ल ३ मा पनि बालकलाकार अनुभब रेग्मी र सुग्यानी भट्राई मुख्य पात्रमा रहने बताइएको छ । चलचित्र नाई नभन्नु ल ३ को जिम्मा भने नाई नभन्नु ल २ मा साहायक निर्देशनको जिम्मा सम्हालेका मुस्कान ढकालले चलचित्र नाई नभन्नु ल ३ निर्देशन गर्ने छन् ।
फिल्मको सुटिङ दशैंको छेकोमा गरिने बताईएको छ । सम्मान कार्यक्रममा नाई नभन्नु २ का नायक जिबन लुईटेल बाहेक सम्पुर्ण कलाकारहरु उपस्थित रहेका थिए ।

%d bloggers like this: