Fri. Apr 26th, 2024

पछिल्लो समय चलचित्रहरुको व्यापार राम्रो नभइरहेको अबस्थामा आजबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘नागवेली’ले भने राम्रो व्यापार गर्नेमा धेरै विस्वस्त छन् । प्रचार प्रसारमा कुनै पनि कमी नगरेको चलचित्र ‘नागवेली’ युवावर्गको जीवनमा आउने विभिन्न घुम्तीहरुमा आधारित रहेको चलचित्र युनिटले बताएको छ ।
nagbeli
गोविन्द राईद्धारा निर्देशित चलचित्र ‘नागवेली’लाई रोमीयन चेम्जोङले लगानी गरेका छन् । निर शाह, हर्षिका श्रेष्ठ, दयाहाङ राई, एसराज गराच, लुनिभा तुलाधर,विक्की मल्ल, सुरभी जैन, अशोक फुयाल, सम्भव श्रेष्ठ, रुपा राना लगायतको मुख्य भूमिका रहेको चलचित्रलाई रामशरण उप्रेतीको छायाङकन एवं विवि अनुरागी र शितल मोक्तानको संगीत रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन गरेका छन् । चलचित्रलाई दिपेन्द्र लामाले लेखेका हुन् ।
चलचित्र नागवेलीले हिजो मात्र प्रिमियर शो सम्पन्न गरेको छ । चलचित्र राम्रो बनेको प्रतिक्रिया पाएपछि यति वेला चलचित्र युनिट निकै उत्साहित बनेको छ । प्रिमियर शो र्हेन आउने सबैले निर्देशक गोविन्द राईको निर्देशनप्रति तारिफ गरेका थिए । यस हिसाबले पनि चलचित्र ‘नागवेली’ले निकै राम्रो व्यापार गर्नेमा निर्देशक राई पनि विस्वस्त छन् ।

%d bloggers like this: