Wed. Apr 24th, 2024

चलचित्र ‘हिम्मतवाली’ले पछिल्लो समय नेपाली सिनेनगरिमा चलचित्रहरु भित्रने क्रम बढ्दै गइरहेको अबस्थामा चलचित्र निर्माण हुदाँ के बुस्तु चलचित्रमा हाल्न हुन्छ वा हुदैन भन्ने समेत चलचित्रका निर्देशक अथवा निर्मातालाई समेत पत्तो हुदैन् । एउटा त्यस्तै दृश्य बाहिर आएको छ त्यो हो चलचित्र हिम्मतवालीको ।
himmatwali nepali movie
असोज महिनाको फुलपातीका दिन देशभर प्रदर्शनमा आउन लागेको चलचित्र हिम्मतवालीको एउटा गीतमा हिन्दुधर्मको खिल्ली उडाएको छ । केहि दिन अगाडी मात्र सार्वजानिक भएको चलचित्र हिम्मतवालीको क्या गजबको माया नामक गीतमा हिन्दुधर्मावलीहरुले पुज्दै आएको त्रिशुललाई नायक सुदर्शनले खुटाले टिपेर फालिदिएका छन् ।
सो दृश्यमा पुजा भएको त्रिशुल रेखाले हातले टिपेर सुदर्शनलाई दिदाँ सुदर्शनले खुटामा राखि फालिदिएका छन् । सो दृश्य हिन्दु नेपाली समाजले पचाउन सक्दैन् । यसरी नेपाली हिन्दु धर्मलाई नै खिल्ली उढाइएको चलचित्र हिम्मतवालीलाई अब आम दर्शकले कसरी र्हेनेछन् त्यो भने समयले नै बताउने छ ।

%d bloggers like this: