Fri. Mar 29th, 2024

पछिल्लो समय एक पछि अर्को चलचित्रको अभिनयमा व्यस्त नायक जिबन लुइटेल अब साउन २३ गते चलचित्र शीशामा टुक्रिने छन् । उनी द्धारा अभिनित चलचित्र शीशा साउन २३ गते देशभर प्रदर्शनमा आउने भएको छ । आर.बि.के.शरद के.सी.को निर्देशनमा तयार भएको चलचित्र ‘शीशा” साउन २घ गते देशभर प्रदर्शनमा जाने पक्का भएको निर्देशक के.सीले बताएका छन् ।
sisha-nepali movie
चलचित्रको प्रोमो यति बेला सार्वजनिक भइसकेको छ । चलचित्रको केहि समय अघि मात्र सार्वजनिक गरिएको ‘मखमली नयन सगै “बोलको गीतले बजारमा राम्रै चर्चा कमाइरहेको छ ।
साउन २३ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शीशा”लाई ननस्टप क्रियशनको व्यानरमा मधुसुदन ढकाल, महेस ढुङ्गाना, अजिता सुमार्गीले मिलेर निर्माण गरेका हुन् । सिक्किमका विभिन्न स्थानहरुमा छायांकन गरिएको फिल्ममा भारतीय फुटबलक पूर्व क्याप्टेन भाई चुङ्ग भुटियाले समेत चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा भाई चुङ्ग भुटियाको अलाबा जीवन लुईंटेल, रागिनी खड्गी, उमा बेबी, शान्ती गिरी, दिपेश भण्डारी लगायत कलाकारको मुख्य अभिनय रहेको छ ।
फिल्ममा तारा थापाको सम्पादन, लक्की सिटौलाको संगीत तथा कमल राई र दिनेश अधिकारीको नृत्य रहेको छ । साउन २३ गते नै चलचित्र शीशा सगँ नायक श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र कोहिनूर प्रदर्शनमा आउने भएको छ ।

%d bloggers like this: