Sat. Apr 20th, 2024

असार २७ गतेबाट देशभर पदर्शन हुन लागेको चलचित्र नागवेलीको प्रिमियर शो सम्पन्न भएको छ । काठमाडौं स्थित कुमारी हलमा सम्पन्न प्रिमियर शोमा चलचित्रकर्मी देखी पत्रकारहरुको निकै ठुलो उपस्थितिमा सम्पन्न भएको छ ।
naagbeli
भोली देखी देशभर प्रदर्शनमा जाने चलचित्र नागवेलीलाई गोविन्द राईले निर्देशन गरेका हुन् । अभिनेत्री रेखा थापाको प्रेरणामा फिल्म निर्देशन गर्न जुटेको बताउने निर्देशक राईले फिल्म ‘नागबेली’ युवावर्गको जीवनमा आउने विभिन्न घुम्तीहरुमा आधारित चलचित्र रहेको बताएका छन् । त्यस्तै चलचित्रका लेखक दिपेन्द्र लामाले फिल्म ‘नागबेली’ लाई हेरेर राम्रोलाई राम्रो नराम्रोलाई सल्लाह सुझाब दिन आग्रह गरेका छन् ।
चलचित्रमा कलाकार निर शाह, हर्षिका श्रेष्ठ, दयाहाङ राई, एसराज गराच, लुनिभा तुलाधर,विक्की मल्ल, सुरभी जैन, अशोक फुयाल, सम्भव श्रेष्ठ, रुपा राना लगायतको मुख्य भूमिका रहेको छ । रामशरण उप्रेतीको छायाङकन एवं विवि अनुरागी र शितल मोक्तानको संगीत रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन छ ।
सञ्चारकर्र्मी दिपेन्द्र लामाको लेखन रहेको ‘नागबेली’ वर्तमान युवाले देख्ने सपना र संघर्षको कथामा आधारित छ । रोमीयन चेम्जोङको लगानी रहेको फिल्म नागवेली युकेमा एक शो सम्पन्न भैसकेको छ ।

%d bloggers like this: