Fri. Apr 26th, 2024

बलिउड चलचित्रका सुपरस्टार नायक सलमान खानको पछिल्लो चलचित्र किंकको गीत ‘हैंगओवर’ गाएका छन् । सलमानले एक कार्यक्रममा भनेका छन् ‘म निकै नराम्रो गीत गाउछु तर म कुनै पनि समय गाउछु । म कहिले पनि गीत राम्रो गाउछु कि नराम्रो गाउछु भन्नेको कुनै पनि प्रवाह गर्दिन त्यसैले म जहिले पनि गाइरहेको हुन्छु ।’ ‘तर मलाई कसैले गीत गाउनु भन्यो भन्ने म निकै हिचकिचाउने गर्दछु ।’ ‘म आफै गीत गाए भने निकै राम्रो लाग्छ ।’
salmankhan
सलमान चलचित्र किंकको गीत ‘हैंगओवर’ को बारेमा निकै हैरान छन् । सलमानले भनेका छन् म पहिले चलचित्र हैलो ब्रदर र वांटेडको गीतगाइसकेको छु त्यस्तै चलचित्र द मोस्ट वांटेटको गीत पनि मैले गाएको हु । म अहिले सम्म सम्झन सकेको छैन कि यहाँ के भइरहेको छ भन्ने ।
‘हैंगओवर’ गीतलाई हिमेश रेशमिया ने संगीतबद्ध गरेका छन् । चलचित्र किंकमा अभिनेत्री जैकलीन फर्नाडीज पनि देखिएकी छिन् । फिल्म २५ जुलाईमा प्रदर्शनमा आउने भएको छ ।

%d bloggers like this: