Thu. Apr 25th, 2024

पछिल्लो समय नेपाली सिनेनगरिमा अच्चम अच्चमका नामहरुमा चलचित्र निर्माण हुन थालेका छन् । त्यस्तै एक चलचित्र निर्माण हुने भएको त्यो हो चलचित्र ‘काफल पाक्यो ’। चलचित्र काफल पाक्यो ’ अब निर्माण हुने भएको छ ।
jeevan
केहि दिन अगाडी मात्र शुभमुर्हत गरेको चलचित्र काफल पाक्यो ’भोलीबाट फ्लोरमा जाने बताइएको छ । प्रदिप भारद्धजको स्कृप्ट तथा साबित्री खत्रिको निर्देशनमा तयार हुने यस चलचित्र साबित्रीले नै निर्माण गर्न लागेकी हुन् ।
जिवन लुइटेल , बर्षा क्षेत्री , लय सग्रौला , बालदिप राइ , प्रदिप ढकाल आदि कलाकारहरुको मुख्य अभिनय रहने यस चलचित्र राजधानी बाहिरको सुन्दर लोकेसनहरु , मलेखु, पोखर । बेनी पर्बत लगाएत खप्तड सम्म पुग्ने बताइएको छ । चलचित्र काफल पाक्यो ’लाई बिकाश चौधरीको संगित रहेको गरेका छन् । चलचित्र ३५ दिनमा सकिने योजना निर्माण पक्षले बताएको छ ।

%d bloggers like this: