Thu. Mar 28th, 2024

राजु गिरी निर्देशित एक्सन प्रधान चलचित्र’ टाईगर द रियल हिरो’को प्रोमो सार्वजनिक गरिएको छ ।उक्त प्रोमोमा ‘गधि पर दिल लगि तो परि क्या चिज हे,दुध खान पाउदा पाउदै किन भैंसी पाल्ने हो,मलाई जन्माउ भनेर मैले फोन गरेको थिए कि क्या हो’ जस्ता रोमाञ्चक संवादहरु समेटिएको छ ।tiger-the-real-hero1
शुभेच्छा इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा नायिका शुभेच्छा थापा सहित सुरज रानाभाट, दिपक कंडेल, अशोक फुयाल, समिक्षा अर्याल, उत्तम केसी लगायतका कलाकारहरुको अभिनय देख्न सकिनेछ ।
चलचित्रको कथा र निर्देशन राजु गिरीकै रहेको हो । जसमा अर्जुन पोखरेलले संगीत, रोशन श्रेष्ठले द्धन्द र रामजी लामिछानेले नृत्य निर्देशन र मुकेश हुमागाईले छायांकन गरेका छन । ‘टाईगर द रियल हिरो’लाई दशैँको छेकोमा प्रर्दशन गरिने तयारी गरिइको छ ।
हेर्नुस चलचित्रको यो प्रोमो:

%d bloggers like this: